स्याङ्जाका ३४ जनाले एकै दिन कोरोना जितेर घर फर्के ।


स्याङ्जाको भीरकोट नगरपालिका वडानं १मा अवस्थित कालिका सामुदायिक अस्पतालबाट एकैदिन ३४ जना कोरोनालाई जितेर घर फर्केका छन् ।

उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका वालिङ नगरपालिकाका १० जना पुरुष,भीरकोट नगरपालिकाका १ जना पुरुष, गल्याङ नगरपालिका १३ पुरुष र ३ महिला,अर्जुन चौपारी गाउँपालिका २ पुरुष र १ महिला आँधिखोला गाउँपालिकाका २ पुरुष र २ महिला गरि ३४ जना आज शनिबार अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका प्रशासकीय अधिकृत छायादत्त रेग्मीले जानकारी दिनु भयो । रेग्मीले ४ जना पुरुषलाई वालिङ शाखामा ट्रान्सफर गरिएको जानकारी दिनु भएको छ ।

Facebook Comments