वुटबलको आकाशै भरि सलह किरा देखियो , भिडियो सहित


नेपालमा सलह किरा भित्रिएको खबर आइरहेको बेला बुटबलको आकाशमाथी पौने ४ बजेतिर एक्कासी सलह किरा देखा परेको छ ।

बुटबलका पत्रकार निरु गौतमले एक्कसी करौडौंको संख्यामा सलह किरा देखापरेको बताउनु भयो । शुरुमा सलह किरा देखापरेपछि त्यहाँ सवै आतङकित जस्तै बनेका थिए ।

अहिले त्यस क्षेत्रबाट पाल्पा तर्फ आइरहेको बताइएको छ ।

सलह आएपछि स्थानीयले थाल ठट्टाउने, टिन ड्रम ठटाएर सलह भगाउने प्रयास गरेको गौतमले जानकारी दिनु भयो ।

कोरोनाको सन्त्रास भइरहेको बेला नेपालमा सलह किरा भित्रिएपछि अर्को तनाव थपिएको छ ।

गण्डकी प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्चुत प्रसाद ढकालले करौडौको संख्यामा एकै पटक आउने हुदा यस्को नियन्त्रण चुनौती्पुर्ण हुने बताउनु भयो ।

करौडौको संख्यामा हुने सलहले बाली संगै रुखका पात समेत खाने बताइन्छ ।

Facebook Comments