नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्याे

नेपालमा मंगलबारसम्म १२ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १२ हजार ३ सय ९ जनामा कोरोना संक्रमण फेला परेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मात्रै थप ५ सय ५४ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म २८ जनाको मृत्यु भएको छ भने २ हजार ८ सय ३४ जना निको भइ घर फर्केका छन् ।

कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ६ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।

पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

Facebook Comments