बोटलर्सका मजदुरहरु आन्दोलित

बोटलर्स तराई लिमिटेडका वेयर हाउस विभागका मजदुरहरु आन्दोलित भएका छन् ।

क्रमवद्ध तरिकाले स्थायी नियुक्ति दिई कम्पनीमा व्यवस्थापन गर्ने यसअघिको आश्वासन विपरीत मजदुरहरुलाई विस्थापित गरिएको विरोधमा मजदुरहरुले गत चैत ६ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका हुन् ।

आन्दोलनका क्रममा ८ जना मजदुरहरुलाई सोमबार पक्राउ गरी साँझ प्रहरीले छाडेको छ ।
विभिन्न कारण देखाएर मजदुहरुलाई विस्थापित गर्ने षडयन्त्र कम्पनी व्यवस्थापकका तर्फबाट भएको उनीहरुको आरोप रहेको छ ।

उनीहरूले माग पूरा नभएमा कम्पनीमा तालाबन्दी गर्ने, ढुवानका साधनमा राेक लगाउने लगायतका संघर्ष गर्ने जनाएका छन् ।

मजुदरका मागहरु

  • बोटलर्स नेपाल तराई लिमिटेडमा कार्यरत श्रमिक मजदुरहरुलाई पुर्नवहाली गरियोस् ।
  • बोटलर्स नेपाल तराई लिमिटेडको वेयर हाउस विभागमा अस्थायी रुपमा कार्यरत श्रमिकहरुलाई श्रम ऐन २०७४ ले तोके बमोजिमको सामाजिक सुरक्षा लगायतको सम्पूर्ण सेवा तथा सुविधा कम्पनी व्यवस्थापनबाट पञ्जिकरण र सूचीकृत गरियोस् ।
  • हामी श्रमिक मजदुरहरु जुन स्थानमा काम गर्दै आइरहेका थियौं । सोही स्थानमा कम्पनी व्यवस्थापनबाटै स्थायी रुपमा स्थानान्तरण गरियोस् ।
  • हालसम्मको मजदुरहरुको तलव तथा सेवा सुविधा कम्पनी व्यवस्थापनबाट उपलब्ध गराइयोस् ।
Facebook Comments