कफीको उत्पादन बढाउन पहल गरिने


राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा बोर्डका नवनियुक्त कार्यकारी निर्देशकको अधक्ष्यतामा १ दिने कफी सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं। ५ का वडा अध्यक्ष श्री धन बहादुर नेपाली, बोर्डका उप(निर्देशक लक्ष्मण पोखरेल, कफी व्यवसायी महासंघका महासचिब सन्तोष पोखरेल, लगायत कास्की, स्यांजा, तनहुँ लगायतका जिल्लाबाट कफी संग सम्बन्धित कृषक, उद्यमी, व्यवसायी, उद्योगीका साथै विभिन्न संचार पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्षेत्रीय कार्यालय पोखराका नि. क्षेत्रीय निर्देशक चन्द्र पुरीले बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा। बिष्णु प्रसाद भट्टराईलाई स्वागत गर्दै बोर्डले खेल्दै आएको समन्वयात्मक भूमिका र अब कफी क्षेत्रमा गर्नुपर्ने कार्यहरुका बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले नवनियुक्त कार्यकारी निर्देशक समक्ष कफीमा रहेको समस्या र अब गर्नुपर्ने कार्यहरु बारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए । किसानस्तरमा कफीको उत्पादन बढाउन नसकिएको र त्यसमा किसान र सरोकारवाला निकायहरुकै कमजोरी रहेको सहभागीहरुले औलाएका थिए ।

बोर्डको अन्तरिक व्यवस्थापन, बोर्डको संथागत विकास, कफी नीतिमा परिमार्जन, कफी किसानको वर्गीकरण, कफी बिमा लागु गर्ने लगायतका बिषयहरु कफी क्षेत्रमा तत्काल गर्नुपर्ने कार्य भनि सहभागीहरुले सुझाएका थिए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री धन बहादुर नेपालीले कफीको विकासमा स्थानीय सरकार संधै सकारात्मक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशकले आफु बोर्डमा काम गर्न आएको र नतिजामुखी कार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कफीको उत्पादन बढाउन गर्नुपर्ने आवश्यक सबै कार्य योजनाबद्ध ढंगले अगाडी बढाइने बताउनु भएको थियो । बोर्डलाई अझ फराकिलो गराउनको लागि अन्य उच्च मूल्य बालिहरुलाई पनि समावेस गर्न लागिएको बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा.बिष्णु प्रसाद भट्टराईले कफीका विभिन्न मुल्य श्रींखलामा काम गर्ने किसान, समुह, सरकारीरगैरसरकारी, उद्यमी, व्यवसायी सबै इमान्दार र लगनशील भएर लाग्नुपर्ने बताउनु भएको थियो ।

उहाँले अगाडी बोल्दै कफी क्षेत्रमा पुस्ता हस्तान्तरणको कुरा खासगरी युवा जनशक्तिलाई कफीमा आकर्षित गर्न र कृषकलाई संरक्षण एवंम् कफी खेतीबाट कम्तिमा २०५ नाफाको ग्यारेन्टी गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

त्यसै गरि उहाँले कफीलाई व्यवासायिक बनाउन जमिन चक्लाबन्दी गरि इस्टेट फार्मिंगमा जानुपर्ने, कफी क्षेत्रमा काम गर्ने सबै निकायसंग समन्वय गरि व्यवस्थित संरचना बनाउने र सबै क्षेत्रको भूमिका रहने गरि कफी नीति परिमार्जन गर्ने बताउनु भएको थियो ।

सो अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराले प्रकाशन गरेको कफी बालीमा लाग्ने रोग किराहरु र तिनको प्रांगारिक व्यस्थापन सम्बन्धी पुस्तक पनि विमोचन पनि गरिएको थियो । कार्यक्रम संचालन बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले गर्नुभएको थियो ।

कफीबारे जानकारी

कफी नेपालको रैथाने बालि नभई आयातित बालि हो । अफ्रिकन जंगलको रैथाने मानिने कफी विश्वका ५० भन्दा धेरै देशहरुमा खेति गरिदै आएको छ ।

अफ्रिकाको इथियोपियामा पत्ता लागेको कफी अहिले ब्राजिलमा सबै भन्दा धेरै खेति गरिन्छ । खासगरी भू-मध्य रेखीय क्षेत्रमा बढी मात्रामा खेति गरिने कफी भू-मध्य रेखीय क्षेत्र भन्दा टाढा रहेको नेपाल जस्ता देशहरुमा पनि खेति हुदै आएको छ ।

नेपाल जस्तो उच्च भौगोलिक क्षेत्र रहेको स्थानमा खेति गर्दा कफीको गुणस्तर राम्रो हुने, कफीको स्वाद, बास्ना तथा सन्तुलित गुण हुने हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग उच्च हुनुको साथै मूल्य पनि अन्य देशको भन्दा उच्च रहेको छ ।

खासगरी नेपालमा साना कफी कृषक र सहकारी ब्यबस्थापनबाट अर्गानिक पद्दति अपनाई छहारी भित्र कफी खेति गरिने हुनाले बिश्व बजारमा विशिष्ट कफी अर्थात स्पेशियालिटि कफीको रुपमा परिचित हुदै आएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा गरि नेपालमा करिब १४,००० मे।टन कफीको माग हुदै आएको छ ।

नेपालमा कफी भित्रिएको वि.स. १९९५ तिर हो, तर व्यवसायिक खेति भने वि। स। २०४० तिर बाट मात्र शुरु भयो । हाल नेपालमा २७६१ हेक्टरमा कफी खेति गरिएको छ भने जसबाट ५३० मे.टन कफी उत्पादन भएको छ ।

नेपालमा झन्डै ११ लाख हेक्टरमा कफी खेति गर्न सकिने साथै करिव ९० हजार हेक्टरमा उच्च गुणस्तरको कफी खेति गर्न सकिने एक अध्ययनले देखाएको छ । कफीको सम्भावना उच्च भएकाले कफी सम्बद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुबाट कफीको प्रवर्द्धनात्मक कार्यहरु हुदै आएको छ ।

Facebook Comments