नेकपा बैठकमा निर्धारित भन्दा फरक एजेण्डामा छलफल, प्रधानमन्त्रीकाे राजीनामा माग

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)काे स्थायी कमिटी बैठकमा पूर्व निर्धारित भन्दा फरक एजेण्डामा छलफल भएकाे छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि निर्धारित काेराेना भाइरस(काेभिड १९)काे बारेमा छलफल गर्ने एजेण्डामा बैठकमा छलफल हुन नसकेकाे जानकारी दिनुभयाे ।

उहाँका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे भारत र पार्टीका नेताहरूले नै आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खाेजेकाे अभिव्यक्ति र नेकपा एमाले दर्ताका लागि निर्वाचन आयाेगमा दर्ता भएकाे निवेदनका बिषयमा छलफल भएकाे हाे ।

बैठकमा बाेल्ने शीर्ष नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । सरकार असफल भएकाे र जसका कारण पार्टीकाे प्रतिष्ठामा समेत असर पुगेकाे उनीहरूकाे भनाइ थियाे ।

यस्ताे धारणा राख्नेमा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गाैतम, नारायणकाजी श्रेष्ठ लगायत हुनुहुन्थ्याे ।

जवाफमा प्रधानमन्त्रीले भारतीय मिडियामा नेकपा बैठककाे जस्ताकाे तस्तै विषयहरू आएकाे, नेताहरूले सरकारले राम्राे काम गर्दा पनि सहयाेग नगरकाे प्रष्टीकरण दिनुभएकाे थियाे ।

Facebook Comments