अखाद्य सामाग्री बेच्नेको पसल सधैंको लागि शिल हुन्छः मन्त्री लम्साल

गण्डकी प्रदेशको बजार अनुगमन समितिले आर्थिक बर्ष २०७६–०७७को बजार अनुगमन बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

समितिले ६५ दिनमा २ सय ५२ वटा उद्योग ब्यवसायको प्रत्यक्ष बजार अनुगमन तथा निरिक्षण गरेको जनाएको छ ।

समितिले बजार अनुगमनको क्रममा कोल्ड स्टोरमा दुई बर्ष सम्मको कुखुराको मासु राखेर विक्रि गरेको पाइएको छ ।

चाउनमिन बनाउने उद्योग, पाउरोटी उद्योगमा भित्र पसेर हेर्न समेत नसक्ने गरि दुरगन्धित अबस्थामा रहेको पाइएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका गोकुल शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँले अधिंकास पसलमा मुल्य सुचि नराख्ने गरेको पाइएको बताइएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा अब खाद्य ल्याव सञ्चालन गर्ने र अखाद्य वस्तु बजारमा विक्रिको लागि भेटिएमा अब पसल वा फर्म सधैको लागि शिलगर्ने चेतावनी दिनुभयो ।

भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले बजार अनुगमन दशैमा मात्र हुन्छ भन्ने कुरा प्रदेश सरकार बनेपछि तोडिएको बताउनुभयो ।

उहाँले जनताको गुणस्तरीय बस्तु सेवन गर्न पाउने अधिकार भएकोले बजार अनुगमनलाई तिव्र पार्दे उपभोक्ताई पनि सचेत गराउनु पर्नेमा जोड दिनु भयो ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालले आफ्नो स्रोत साधनले धाने सम्म अनुगमन समितिले अनुगमन गरेको पाइएको भन्दै अनुगमन प्रभावकारी भए बजारमा म्याद गएका अखाद्य बस्तुको विक्रिवितरण नहुने बताउनुभयो ।

अखाद्य बस्तुले मान्छेको स्वास्थ्यमा पर्ने असरको वारेमा पनि उपभोक्ताहरुसंग वेला वेलामा अन्तरक्रियाहरु गर्ने सञ्चार माध्यामको प्रयोगमा जोड दिन सुझाव दिनुभयो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव एवं बजार अनुगमन समितिका संयोजक दीपक खरालले नियमित बजार अनुगमनले लकडाउनको वेला कालो बजारी हुन नपाएको बताउनुभयो ।

Facebook Comments