विश्वभर कोरोना भाइरसबाट १ करोड ३२ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड ३२ लाख ८० हजार ६१ सय जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।

हालसम्म ५ लाख ७६ हजार ६ सय ७४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म ७७ लाख ५० हजार ४ सय ३ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

अमेरिकामा मात्रै ३४ लाख बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा ३४ लाख ८१ हजार ६ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा १ लाख ३८ हजार २ सय ९१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा १८ लाख ८८ हजार ८ सय ८९ संक्रमित भेटिएका छन् भने ७२ हजार ९ सय ५० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

दक्षिण एशियाली मुलुक भारतमा संक्रमितको संख्या ९ लाख नाघेको छ । हालसम्म भारतमा ९ लाख १६ हजार ३ सय ४६ जना संक्रमितमध्ये २३ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ ।

रसियामा ७ लाख ३९ हजार ९ सय ४७ जना संक्रमितमध्ये ११ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।

पेरुमा ३ लाख ३० हजार १ सय २३ जना संक्रमितमध्ये १२ हजार ५४ जनाको मृत्यु भएको छ ।

चिलीमा ३ लाख १७ हजार ६ सय ५७ जना संक्रमितमध्ये ७ हजार २४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ३ लाख ४ हजार ४ सय ३५ जना संक्रमितमध्ये ३५ हजार ४ सय ९१ जनाको मृत्यु भएका छ ।

स्पेनमा ३ लाख ३ हजार ३३ जना संक्रमित भेटिएका छन् भने २८ हजार ४ सय ६ जनाको मृत्यु भएको छ ।

बेलायतमा ४४ हजार ८ सय ३० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ९० हजार १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

दक्षिण अफ्रिकामा २ लाख ८७ हजार ७ स य ९६ जना संक्रमितमध्ये ४ हजार १ सय ७२ जनाको मृत्यु भएको छ ।

इरानमा २ लाख ६२ हजार १ सय ७३ जना संक्रमितमध्ये १३ हजार २ सय ११ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा २ लाख ५३ हजार ६४ जना संक्रमितमध्ये ५ हजार ३ सय २० जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख ४३ हजार २ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३४ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ ।

साउदी अरवमा २ लाख ३७ हजार ८ सय ३ जना संक्रमितमध्ये २ हजार २ सय ८३ जनाको मृत्यु भएको छ ।

टर्कीमा २ लाख १४ हजार १ जना संक्रमितमध्ये ५ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ ।

जर्मनीमा २ लाख ४ सय ५१ जना संक्रमितमध्ये ९ हजार १ सय ३९ जनाको मृत्यु भएको छ । बंगलादेशमा १ लाख ९० हजार ५७ जना संक्रमितमध्ये २ हजार ४ सय २४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ७२ हजार ३ सय ७७ जना संक्रमितमध्ये ३० हजार २० जनाको मृत्यु भएको छ ।

कोलम्बियामा १ लाख ५४ हजार २ सय ७७ जना संक्रमितमध्ये ५ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ ।

क्यानडा, अर्जेन्टिना र कतारमा संक्रमितको संख्या १ लाख नाघेको छ ।

पछिल्लो दक्षिण एशिया र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

अवको १ महिनामा कोरोना भाइरस विरुद्धको खोप पत्ता लाग्न सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments