विश्वभर कोरोना भाइरसबाट १ करोड ४२ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । पछिल्ला विवरण अनुसार झण्डै १ करोड ४२ लाख ४२ हजार ९ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितमध्ये ८५ लाख ८ हजार ३ सय ३२ जनालाई निको भएको छ ।

हालसम्म ६ लाख ४ सय ८७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकामा मात्रै ३४ लाख बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा ३७ लाख ७५ हजार २ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा १ लाख ४२ हजार १ सय २७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा २० लाख ४९ हजार १ सय ४० संक्रमित भेटिएका छन् भने ७७ हजार ९ सय ६४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

दक्षिण एशियाली मुलुक भारतमा संक्रमितको संख्या १० लाख नाघेको छ । हालसम्म भारतमा १० लाख ५५ हजार ९ सय ३२ जना संक्रमितमध्ये २६ हजार ५ सय ८ जनाको मृत्यु भएको छ ।

रसियामा ७ लाख ६५ हजार ४ सय ३७ जना संक्रमितमध्ये १२ हजार २ सय ४७ जनाको मृत्यु भएको छ ।

पेरु, दक्षिण अफ्रिका, मेक्सिको, चिली र स्पेनमा हरेक मुलुकमा संक्रमितको संख्या ३ लाख बढी रहेको छ ।

बेलायत, इरान, पाकिस्तान, इटाली, साउदी अरव, टर्की, जर्मनी र बंगलादेशमा २ लाख बढीका संख्यामा संक्रमित फेला परेका छन् । हजारौंको संख्यामा कोरोना भाइरसको संक्रमणबाट ती मुलुकमा मृत्यु भएका छन् ।
कोलम्बिया, फ्रान्स, अर्जेन्टिना, क्यानडा र कतारमा पनि संक्रमितको संख्या १ लाख नाघेको छ । ती मुलुकहरुमध्ये क्यानडा र कतारमा भने कोरोना भाइरस संक्रमित अधिकांश निको भइसकेका विवरण हरु रहेका छन् ।

पछिल्लो दक्षिण एशिया र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

अवको १ महिनामा कोरोना भाइरस विरुद्धको खोप पत्ता लाग्न सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments