गण्डकी प्रदेशमा कृषि बाली र पशुपंक्षीकाे वीमा सरकारले नै गर्ने

गण्डकी प्रदेशमा कृषि बाली र पशुपंक्षीकाे वीमा सरकारले गरिदिने भएकाे छ ।

गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले आर्थिक वर्ष ०७७/७८ देखि प्रदेश सरकारले प्रदेशभित्रका कृषकहरुको कृषि बाली र पशुपंक्षीको निशुल्क वीमा गरिदिने जानकारी दिनुभएकाे छ ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्याङ्जाको व्यवसायिक कृषकहरुका लागि यान्त्रिकरण सामाग्री र राहत वितरण कार्यक्रममा मन्त्री थापामगरले यस्ताे बताउनुभएकाे हाे ।

उहाँका अनुसार कृषकहरुले कागजपत्र पुर्याएर सही मात्र गरे हुने भन्दै संघीय सरकारको ७५ प्रतिशत अनुदान र प्रदेश सरकारको २५ प्रतिशत गरी बीमा वापतको रकम प्रदेश सरकारले तिरिदिने जानकारी दिनुभयाे ।

काम गर्नेले मात्र अनुदान पाउने भन्दै दूधमा प्रतिलिटर २ रुपैंया ५० पैसा, बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन स्वरुप प्रति रोपनी तीन हजार, तरकारी खेती प्रोत्साहन रु तीन हजार, बीउ उत्पादक कृषकलाई ५० प्रतिशत अनुदान दिने कार्यक्रम समेत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

अवदेखि उत्पादनका आधारमा अनुदान दिने पिन उहाँकाे भनाइ छ ।

Facebook Comments