सार्वजनिक सवारीसाधन चलाउन व्यवसायी सहमत

सरकार समक्ष विभिन्न माग राखेर सवारी साधन नचलाउने बताएका यातायात व्यवसायीहरू आगामी बिहीबारबाट सवारीसाधन सञ्चालनमा ल्याउन सहमत भएका छन् ।

सरकार, यातायात व्यवसायी र मजदुर संगठनबीच सोमबार यातायात ब्यवस्था विभागमा भएको छलफलमा बिहीबारबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने सहमति जुटेको हो । 

चालक र सहचालकको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने, कोरोना बिमा गर्नुपर्ने लगायतका व्यवसायीको मागमा सहमति जुटेपछि सवारी साधन सञ्चालन गर्न सहमति जुटेकाे हाे ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सराेज सिटाैलाले उच्च सुरक्षा अपनाएर सवारीसाधन सञ्चालन गरिने बताउनुभयाे ।

मौद्रिक नीतिले व्यवसायीका केही माग सम्बोधन गरेकाे र बाँकी मागमा यातायात व्यवस्था विभागले सहमति जनाएकाे सिटाैलाले जानकारी दिनुभयाे ।

विहीवारदेखि लामो दूरीका सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको व्यवसायीले बताएका छन् ।

Facebook Comments