४ महिना लामाे लकडाउन अन्त्य

४ महिना लामाे लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।

कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

पटक पटक म्याद थपेर २०७७ साउन ७ गतेसम्मका लागि ताेकेकाे थियाे । जेठ २६ सम्म पूर्ण रुपमा कायम रहेकाे लकडाउन त्यसपछि भने निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिइएको थियाे ।

मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेपनि केही निश्चित क्षेत्रमा प्रतिबन्ध कायमै रहेकाे सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना खाेल्न पाइने छैन ।

होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ । अध्ययन अध्यापन सम्बन्धमा भने पछि पुनः निर्णय गरिने खतिवडाले जानकारी दिनुभयाे ।

यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला का यातायात भदौ १ गतेबाट खुला गर्ने सरकारकाे निर्णय छ। अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।

तर सरकारले ताेकेकाे मापदण्ड पुरा गरेर मात्र उल्लेखित सेवाहरू सञ्चालन गर्न पाइनेछ ।

यस्ता छन् मन्त्री परिषद्का निर्णय

Facebook Comments