केदारेश्वर विद्यापिठमा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीकाे सहयोग

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले केदारेश्वर विद्यापिठमा भोजन दान गरेको छ ।

विभिन्न १८ जिल्लाबाट संस्कृत शिक्षा अध्ययन गर्ने ४० भन्दा बढी बटुकलाई भोजन दान गरिएको लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका बर्ष २०२०÷२१ को अध्यक्ष निरज पन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ का क्लस्टर चिफ डम्बरकुमारी गुरुङ, केदारेश्वर मन्दिरका पिठाधीश डा.लेखनाथ आचार्य, लायन्स क्लवका रिजन चेयर पर्सन, सिता केसी, जोन चेयर पर्सन राधिका थापा लगायतको आतिथ्यता रहेको थियो ।

श्रावण महिनाको नागपञ्चमीको दिन धर्म, संस्कृतिको संरक्षणमा समेत सहयोग पुगोस भनेर सामाजिक कार्य गरेको अध्यक्ष पन्तको भनाई रहेको छ । लायन विष्णुबाबु खड्काको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments