पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अहिले सम्म १२ अर्ब खर्च, ६२ प्रतिशतकाम सम्पन्न ।


घनश्याम पाण्डेय, शुभ न्यूज डटकम ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अहिले सम्म ६२ प्रतिशत काम सम्पन्न भएको छ । हाल सम्म १२ अर्व रकम खर्च भएको विमानस्थल निमार्ण आयोजना प्रमुख विनेश मुनांनकर्मीले जानकारी दिनुभयो । चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीले सन् २०२१ को जुलाई १० मा निर्माण सकेर नेपाल सरकारलाई हस्तान्त्रण गर्नुपर्ने सम्झौता छ ।

तोकिएको समय सिमाभन्दा ६ महिना अघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको वेला कोरोना –कोभिड १९)ले असर पार्र्ने देखिएको प्रमुख मुनानकर्मीले जनाउनु भयो ।अहिले चाइनिज २ सय ४४ र नेपाली १०० जनाले दैनिक काम गरिरहेको उहाँको भनाई छ । नेपालमा लकडाउन पछि घर फर्केका नेपाली श्रमिकहरुको पनि पिसिआर परिक्षण नगरी काममा लगाउन नमिल्ने हुदा पिसिआरको लागी प्रदेश सरकार संग समन्वय गर्ने प्रयास भइरहेको बताउनु भयो ।

कोरोना भाइरसका कारण भारत र चीनबाट आउनुपर्ने आवश्यक निर्माण सामग्री सहजरुपमा आउन नसक्नु र नेपाली मजदुर पनि आवश्यकता अनुसार उपलब्ध नहुनुले लकडाउनको समयमा काम भइरहे पनि कोरोनाको कारण झण्डै १० प्रतिशत काममा ढिलाई भएको बताइएको छ । चीनको केरुङ नाकामा र भारतको कोलकत्ता बन्दरगाहामा निर्माण सामाग्री रोकिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको हो । झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थलमा विमानको यात्रु क्षमता १सय ९२ हारााहारीमा हुनेबताइएको छ । विमानस्थल सञ्चालनको लागि बुढिबजारमा रहेको डाँडा २४ मिटर काटनुपर्छ जग्गा धनीलेनै काट्ने भनेकोले पर्खेको तर मंसिर सम्म नकाटे परियोजना आफलै काट्ने मनानकर्मीले बताउनु भयो ।३८ सय रोपनी क्षेत्रफल ओगटेको विमास्थलले अधिकरण गरिएको नागरिकको जग्गाको मुआब्जा अहिले सम्म ३ अरव ५२ करोड दिइसकेको र १ अर्ब ४० करोड मुआब्जा दिन बाँकी रहेको बताइएको छ ।

Facebook Comments