विश्वभर कोरोना भाइरसबाट १ करोड ६२ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड ६२ लाख ७३ हजार ६ सय ३८ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।

हालसम्म ५ लाख ४९ हजार ५ सय ४९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म ९९ लाख ५२ हजार ८ सय ८६ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

अमेरिकामा मात्रै ४३ लाख बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा ४३ लाख २७ हजार ६ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा १ लाख ४९ हजार ४ सय ९० जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा २३ लाख ९६ हजार ४ सय ३४ संक्रमित भेटिएका छन् भने ८६ हजार ४ सय ९६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

दक्षिण एशियाली मुलुक भारतमा संक्रमितको संख्या १४ लाख नाघेको छ । हालसम्म भारतमा १४ लाख १२ हजार ५ सय ६९ जना संक्रमितमध्ये ३२ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ ।

रसियामा ८ लाख १२ हजार ४ सय ८५ जना संक्रमितमध्ये १३ हजार २ सय ६९ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ४ लाख ३४ हजार २ सय जना संक्रमितमध्ये ६ हजार ६ सय ५५ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ३ लाख ८५ हजार ३६ जना संक्रमितमध्ये ४३ हजार ३ सय ७४ जनाको मृत्यु भएका छ ।

पेरुमा ३ लाख ७९ हजार ८ सय ८४ जना संक्रमितमध्ये १८ हजार ३० जनाको मृत्यु भएको छ ।

चिलीमा ३ लाख ४३ हजार ५ सय ९२ जना संक्रमितमध्ये ९ हजार २० जनाको मृत्यु भएको छ ।

स्पेनमा ३ लाख १९ हजार ५ सय १ जना संक्रमित भेटिएका छन् भने २८ हजार ४ सय ३२ जनाको मृत्यु भएको छ ।

बेलायतमा ४५ हजार ७ सय ३८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ९८ हजार ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

इरानमा २ लाख ९१ हजार १ सय ७२ जना संक्रमितमध्ये १५ हजार ७ सय जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा २ लाख ७३ हजार १ सय १३ जना संक्रमितमध्ये ५ हजार ८ सय २२ जनाको मृत्यु भएको छ ।

साउदी अरवमा २ लाख ६६ हजार ९ सय ४१ जना संक्रमितमध्ये २ हजार ७ सय ३३ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख ४५ हजार ८ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३५ हजार १ सय २ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा २ लाख ४० हजार ७ सय ९५ जना संक्रमितमध्ये ८ हजार २ सय ६९ जनाको मृत्यु भएको छ ।

टर्कीमा २ लाख २५ हजार १ सय ७३ जना संक्रमितमध्ये ५ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ ।

बंगालादेशमा २ लाख २३ हजार ४ सय ५३ जना संक्रमितमध्ये २ हजार ९ सय २८ जनाको मृत्यु भएको छ ।

जर्मनीमा २ लाख ६ हजार ३ सय ६३ जना संक्रमितमध्ये ९ हजार २ सय २ जनाको मृत्यु भएको छ ।

दर्जन बढी मुलुकमा संक्रमितको संख्या लाख नाघेको छ ।

पछिल्लो दक्षिण एशिया र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

अवको १ महिनामा कोरोना भाइरस विरुद्धको खोप पत्ता लाग्न सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments