नेपालमा १८ हजार ७ सय ५२ जनामा काेराेना संक्रमण

नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ७ सय ५२ पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या  १८ हजार ७ सय ५२ पुगेको हाे ।

हाल सक्रिय संक्रमितको संख्या चार हजार नाै सय ५० रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । हालसम्म १३ हजार ७ सय ५४ जना संक्रमित निकाे भएका छन् भने ४८ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट निधन भएकाे छ । केहीमा भने एकपटक निकाे भएपछि पनि काेराेना संक्रमण पुष्टी भएकाे छ ।

पछिल्लाे समय चिकित्सक, नर्स र प्रहरी कर्मचारीमा समेत काेराेना संक्रमण पुष्टी भएकाे छ भने पर्सामा समुदायमा काेराेना संक्रमण फैलिएकाे शंका गरिएकाे छ ।  

Facebook Comments