खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त हुनुभएकाे छ । साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले सिलवाललाई सदस्य सचिव नियुक्त गरेको हाे।

सिलवाल राखेपकाे परिवर्तित कानुन लागू हुनुभन्दा पहिला पनि सदस्य सचिव रहनुभएकाे थियाे ।

सदस्य सचिव सिफारिस समितिले यसअघि सिलवालसँगै लीलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो। 

Facebook Comments