स्याङ्जाका कोइराला राखेपको उपाध्यक्षमा नियुक्त


स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका वडानं ७ निवासी शिव कोइराला (ज्वाला) राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त हुनु भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको हो । कोइराला अखिल नेपाल खेलकुल महासंघका केन्द्रीय सहसंयोजक समेत रहनु भएको छ भने कोइरला लामो समयदेखि खेलकुदको विकासको लागि क्रियाशिल हुनुहुन्छ ।


मन्त्रीपरिषद्ले रमेशकुमार सिलवाल फेरि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव मा नियुक्त गरेको छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाका लाागि सिलवाललाई सदस्यसचिव नियुक्त गर्नुभएको थियो ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐनअनुसार उहाँसहितको राखेप बोर्ड गत असार १७ गते पदमुक्त भएको थियो ।पहिलोपटक २७ जनाले सदस्यसचिवका लागि आवेदन दिएकोमा छनोट समितिले सिलवाल, लिलबहादुर थापा र अञ्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा पठाएको थियो । तीनमध्ये मन्त्रिपरिषद्ले सिलवाललाई चार वर्षका लागि नियुक्त गरेको हो ।

Facebook Comments