नेकपा विवाद जटिल माेडमा, पार्टी विधान विपरीत बैठक स्थगन भएकाे निष्कर्ष

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थायी कमिटि बैठक स्थगनकाे सूचना जारी गरेपनि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नै बहुमत स्थायी कमिटीका सदस्यहरू सम्मिलित बैठक बसेकाे छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी समितिका सदस्यको बालुवाटारमा बसेको बैठकमा २ आमन्त्रित सदस्य सहित ३१ जनाकाे सहभागिता रहेकाे बताइएकाे छ ।

साे बैठकले बुधबार डाकिएकाे बैठक एकतर्फी रूपमा स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय विधि सम्मत नभएको ठहर गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाइ जानकारी दिनुभयाे ।  । 

पार्टी एकताका कायम राख्न भन्दै साे बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग प्रचण्डले छलफल गरेर स्थायी कमिटीको अर्को बैठककाे मिति तय गर्ने निर्णय समेत गरेकाे छ ।

बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूले अघि सारेको ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गर्नुभएकाे थियाे भने अध्यक्ष प्रचण्डले बैठकअघि प्रधानमन्त्री ओलीसँग भएको कुराकानीबारे जानकारी गराउनुभएकाे थियाे ।

साेही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निकट नेताहरूसँग छलफल गर्नुभएकाे थियाे ।

Facebook Comments