नेपालमा १९ हजार ५ सय ४७ जनामा काेराेना संक्रमण

नेपालमा हालसम्म काेराेना भाइरस(काेभिड १९)बाट संक्रमण हुनेकाे संख्या १९ हजार पाँच सय ४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस मिटमा दिएकाे जानकारी अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लाे २४ घण्टामा ६ हजार ३ सय ४ जनाको नमुना परीक्षण गरिएकोमा २ सय ७४ जनामा संक्रमण पाइएकाे प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

संक्रमण मुक्त भएर बिहीबार २ सय २७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ ।

हाल सक्रिय संक्रमित भने ५ हजार २ सय २७ जना र क्वारेन्टाइनमा १३ हजार २ सय १ जना छन् ।

हालसम्म काेराेना भाइरसकाे संक्रमणबाट ५२ जनाकाे मृत्यु भएकाे छ ।  

Facebook Comments