रुपाको आइसोलेशनको सांसद अधिकारी र कोइरालाद्वारा अबलोकन


घनश्याम पाण्डेय,१७ श्रावण , पोखरा ।
रुपा गाँउपालिकाले निर्माण गरेको आइसोलेशनको शनिबार संघीय सांसद खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले अबलोकन गर्नुभएको छ । कोरोना संक्रमितलाई राख्नको लागि रुपा १ गैरीगाउँमा निर्माण गरिएको आइसोलेशनको अबलोकन गर्दे अधिकारीले आफुपनि सुरक्षित हुदै संक्रमितको उचित उपचार गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनु भयो ।

अधिकारीले रुपागाउँपालिकाले आफ्नै प्रयासमा आइसोलेशन निर्माण गरेको भन्दै धन्यबाद दिनु भयो ।प्रदेश सांसद दीपक कोइरालाले आइसोलेशनको तयारी बारे बुझन अवलोकनको लागि आफुहरु आएको बताउनु भयो । विश्वस्वास्थ्य संगठनले भनेको सामाजिक दुरी मास्क लगायतका सुरक्षित रहने विधिको पुर्णपालन गर्न त्यहाँ खट्ने सवैलाई आग्रह गर्नुभयो ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले कोरोना भाइरस पोजेटिभ देखिएको तर कोरोनाको लक्षण नदेखिएका ३० जना विरामीको उपचार गर्ने क्षमताको आइसोलेशन निर्माण गरिएको बताउनु भयो । विश्व स्वाथ्यसंगठनको नम्स अनुसार कार्य हुने उहाँको भनाई छ । आजै सिसीटिभि क्यामरा जडान गरिएको एक ब्यक्ति एक सौचालय , शुरुमा एक ब्यक्ति एक रुमको समेत ब्यस्था मिलाइएको जानकारी दिनुभयो । कास्कीमा स्थानीय सरकारले आइसोलेशन निर्माण गरेको पहिलो भएको पनि ओझाको भनाई छ ।

Facebook Comments