नेकपा विवादः सचिवालय बैठक बस्न ओलीकाे प्रस्ताव

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पक्ष वीचकाे विवाद कायमै रहेकाे छ ।

पार्टीमा देखिएका विवाद समाधानका विषयमा दुइ पक्षवीच पटक पटककाे छलफल निष्कर्षमा पुग्न सकेकाे छैन । पछिल्लाे समय संवादहीनताकाे अवस्था ताेडेर आइतबार र साेमबार भएका दुइ पक्षवीचकाे छलफल पनि विना निष्कर्ष सकिएकाे छ ।

यसैवीच प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीपार्टीको विवाद समाधानका लागि सचिवालय बैठक गर्ने प्रस्ताव गर्नुभएकाे छ भने अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक जारी रहेकाले साेही बैठकमा छलफल गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभएकाे छ ।

यसअघि एक्ला एक्लै छलफल हुने गरेकामा पछिल्ला भेटहरूमा दुइ अध्यक्षसँगै वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी हुनुभएकेा थियाे ।

गत साउन १३ गते प्रधानमन्त्रीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डकाे स्थायी कमिटी बैठकको अध्यक्षतामा भएकाे बैठकले प्रधानमन्त्रीकाे कदमकाे विराेध गरेकाे थियाे ।

मंगलबार फेरि बैठक बस्ने बताइएकाे छ । नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताउँदै अाएका छन् भने पी शर्मा ओलीले दुवै पद नछाड्ने अडान राख्नुभएकाे छ ।

Facebook Comments