नेपाललाई ‘कालिज हब’को रुपमा चिनाउन ब्यवसायीहरुले कम्मर कसे

देशका बिभिन्न स्थानमा रही कालिज पालनमा संलग्न ब्यवसायीहरुले काठमाडौको बालुवाटारमा आयोजना गरेको एक औपचारिक समन्वयात्मक भेला को आयोजना गरेका छन् । सामाजिक अभियन्ता यज्ञराज कार्कीको सहजिकरणमा आयोजित उक्त भेलाले कालिज पालनको निमित्त बर्तमान समस्या,चुनौती र अवसरहरुको बारेमा चर्चा गर्दै ब्यवसायिहरुले कालिज पालनलाई सरकारले सजह र सरल बनाउनको निमित्त ठोस् निती बनाई कार्यान्वयन गर्न सके देशलाइनै कालिजको हव बनाउन सकिने निर्क्यौल समेत निकालेका छन् ।

भेलालाई सम्बोधन गर्दै एभरेस्ट वाइल्ड लाइफका संचालक सुशिल भट्टराईले कालिज पालन प्रतीको क्रेज लाई सरकारले बेलैमा सम्बोधन गरेर यो पेशालाई थप परिस्कृत र मर्यादित बनाउनु पर्ने आवश्यकता औल्याउदै कालिज पालनको लागि करोडौको लगानी गर्नु पर्ने भएकोले सो लगानीको सुनिस्चितताको लागि राष्ट्रिय योजना लागु पर्ने बताए ।कालिज पालक ब्यवसायीहरुको उक्त भेलाले ९ सदस्सिय नेपाल कालिज पालक ब्यवसायी महासंघ गठन गरी देशभरका कालिज पालक फर्महरुलाई एकिकृत गर्ने अभियान समेत थालेकोछ ।

ब्यवसायिहरुको समस्यालाई सम्बोधन गर्नको निमित्त स्वयं ब्यवसायिहरुनै एक जुट हुनुपर्ने आवश्यकतालाई बोध गरी देशभरीका कालिज पालकहरुको हकहितको निमित्त आवश्यक पहल, वकालत र बहस गर्नका लागि उक्त संघको स्थापना गरिएको भेलाका सहजकर्ता यज्ञराज कार्कीले बताए । लगानीको द्रुस्टीकोणले कालिज पालन ब्यवसाय ठुलो र यस्का चुनौतीहरु पनि निक्कै रहेकाले ब्यवसायिहरु एक्लाएक्लै हिंडेर सफल नहुने निचोड निकाल्दै संस्थागत रुपमा कालिज ब्यवसायीलाई अग्रसर बनाउनका निमित्त आफुले भेला को आयोजना गरी सहजिकरण गरिदिएको कार्कीले जानकारी दिए । भेलामा उपस्थित अधिकाँस सहभागीहरुले कालिज पालनको लागि प्रकृयागत कार्यनै निक्कै झण्झटिलो भएको गुनासो ब्यक्त गरे ।

फर्म दर्ता गर्ननै आनाकानी गर्ने लगायत कागजीकाममा निक्कै सास्ती बेहोर्नु परेको बताउँदै मजुवादेवी कृषि फार्मका अमृत तिवारीले भने ” आफ्नै माटोमा केही गरेर देखाउँछु भन्नेलाई सहजतानै छैन ।”त्यस्तै कल्पित वाइल्ड लाइफ एग्रो सेन्टरका संचालक आशिस उपाध्यायले भने “मैले बिदेशबाट फर्केर कालिज पालनलाई स्वरोजगारको माध्यम बनाएको हुँ , करोडौको लगानी गरेको छु, मैले उत्पादन गरेको कालिजले सहज र सरल रुपमा बजार पाउने कुराको सुनिस्चितता छैन ” उनले थपे ” ब्यवसायीहरु बिचनै अश्वस्थ प्रतिस्पर्धा छ, कुनै नितीनियम छैन, नियमनकारी संस्थाले मुल्य समायोजन लगायत बजारीकरणकोलागी ठोस निती नबनाउने हो भने आफ्नो लगानी डुबाएर बिदेशनै छिर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।” त्यस्तै नासिका वाइल्ड एन्ड क्याटल प्रोडक्ट प्रा ली का संचालक नवराज तिमल्सिनाले पनि कालिजको बिमा लगायत राज्यले दिने अनुदानमा समेत बिभेदकारी निती रहेको बताउँदै त्यस्ता विभेदकारी नितिहरुलाई परिमार्जन गरेर ‘कालिज पालन मैत्री’ योजनाहरु ल्याउनु पर्ने बताउनु भयो ।

कृषिको हरेक पेशामा बिचौलियाहरु घुसेर कृषकहरुलाई संकटमा पर्ने गरेको यथार्थलाई मनन गर्दै यो संघले कालिज पालनलाई बिचौलिया मुक्त ब्यवसायको रुपमा स्थापित गर्ने योजना लिएको बताउँदै बैठकमा सहभागी यम केसीले भने ” हामी सरकार संगै हात्तेमालो गरेर यो पेशालाई मर्यादित र सफल पेशाको रुपमा स्थापित गर्न चाहन्छौ ।” काठमाडौ, ललितपुर र भक्तपुर लगाएत सिन्धुपाल्चोक, काभ्रे र धादिङ्गका २० वटा कालिज पालक फर्मका प्रतिनिधिहरुको उक्त भेला मार्फत गठित नेपाल कालिज पालक ब्यवसायी महासंघको अध्यक्षको पदमा एएभरेस्ट वाइल्ड लाइफ एग्रो सेन्टरका सुशिल भट्टराईलाई सर्वसम्मतीले चयन गरेकोछ । उपाध्यक्षमा मान बहादुर कार्की (खोलीको कृषि फार्म) सचिवमा नवराज तिमल्सिना ( नासिका वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रा ली ) कोषाध्यक्षमा आशिष उपाध्याय (कल्पित वाइल्ड लाइफ एग्रो सेन्टर)

सदस्यहरुमा क्रमश: संगम श्रेष्ठ ( त्रिपुरा वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रा ली ) रामचन्द्र कार्की (भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रा ली) अमृत तिवारी ( मजुवादेवी कृषि फार्म)अबिरल कार्की (नासिका बिनायक एण्ड क्याटल प्रोडक्ट प्रा ली ) र शुसिल न्यौपाने ( पञ्चकन्या कालिज फार्म) लाई चयन गरिएको छ ।लकडाउनका कारण बाह्य जिल्लाका ब्यवसायिहरुलाई तत्काल सहभागी गराउन कठिन भएकोले आगामी दिनमा यस संघले देशभरका ब्यवसायिहरुलाई समेट्दै लाने संघका अध्यक्ष सुशिल भट्टराइले जानकारी दिए ।

Facebook Comments