काेराेना संक्रमितकाे संख्या २० हजार ७ सय ५० पुग्याे

नेपालमा काेराेना भाइरस(काेभिड १९)बाट संक्रमित हुनेकाे संख्या २० हजार सात सय ५० पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा थप चार सय १८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लाे २४ घण्टामा निकाे हुनेकाे संख्या ३ सय ५८ जना रहेकाे छ । याेसँगै हालसम्म निको भई डिस्चार्ज हुनेको संख्या १४ हजार नौ सय ६१ पुगेको छ ।

नेपालमा काेराेना भाइरसबाट सक्रिय संक्रमित भने ५ हजार ७ सय ३२ जना छन् । देशभर क्वारेन्टाइनमा बस्नेको संख्या १० हजार ४ सय ४५ रहेको छ ।

नेपालमा हालसम्म ५७ जनाकाे मृत्यु काेराेना भाइरस संक्रमणबाट भएकाे छ ।

Facebook Comments