नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या २१ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म २१ हजार ९ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २६ जना निको भइ घर फर्केका छन् । कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ ।

चीनको वुहानमा गत बर्ष डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।

पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

नेपालमा समेत पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढेसँगै पुनः लकडाउन गर्न विज्ञहरुले सुझाव दिएका छन ।

कतिपयले भने लकडाउन मात्र कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रभावकारी उपाय हुन नसक्ने तर्क समेत गरेका छन् ।

हालसम्म यो भाइरस विरुद्ध भ्याक्सिन नबनेकाले नागरिक स्वयं सचेत हुन जरुरी रहेको जनस्वास्थ्यविज्ञहरुको सुझाव रहेको छ ।

Facebook Comments