लकडाउन गर्न विज्ञहरूकाे सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले आयाेजना गर्नुभएकाे विज्ञहरूसँगकाे छलफलमा काेराेना संक्रमण बढिरहेकाले लकडाउन गर्नुपर्ने बताएका छन् ।

साे क्रममा प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताउनुभएकाे छ । उहाँले संकटकाे बेला आफ्नै पार्टीभित्रबाटै सरकारकाे विराेध भएकाेमा समते असन्तुष्टी जनाउनुभयाे ।

उहाँले साे परामर्श बैठकमा संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह गर्नुभयाे ।

प्रधानमन्त्रीले कोराेना नियन्त्रणका लागि सरकारले गर्ने कामले मात्र नपुग्ने र सबै नागरिकमा चेतना बढाउनुपर्ने बताउनुभयाे ।

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि लकडाउन गर्ने/नगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन सुझाव दिनुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिनुभयाे ।

बैठकमा संक्रमण बढिरहेमा सामाजिक भाैतिक दुरी, मास्क, सेनीटाइजर लगायत विश्व स्वास्थ्य संगठनले ताेकेकाे मापदण्ड लागू गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

Facebook Comments