नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल निष्कर्षहीन

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएकाे छलफल पनि निष्कर्षहीन भएकाे छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकाे छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुभएकाे थियाे । दुवै पक्ष पुरानै अडानमा रहेकाले कुनै सहमति हुन नसकेकाे हाे ।

प्रधानमन्त्री केपी ओली सचिवालय बैठक बाेलाउने पक्षमा र अध्यक्ष प्रचण्ड जारी स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बाेलाउनुपर्ने पक्षमा रहेकाले सहमति हुन नसकेकाे हाे ।

बुधबार पुनः नेताहरूवीच छलफल हुने बताइएकाे छ ।

Facebook Comments