नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो

नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

जसमध्ये ६ हजार २ सय ६ जनामा कोरोना भाइरस सक्रिया अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म ७३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

हालसम्म १६ हजार ३ सय १३ जना निको भइ घर फर्केका छन् । कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ ।

चीनको वुहानमा अघिल्लो बर्षको डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।

पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

नेपालमा समेत पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमण फैलिएको क्षेत्रमा पुनः लकडाउन गर्न विज्ञहरुले सुझाव दिएका छन । कतिपयले भने लकडाउन मात्र कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रभावकारी उपाय हुन नसक्ने तर्क समेत गरेका छन् ।

हालसम्म यो भाइरस विरुद्ध भ्याक्सिन नबनेकाले नागरिक स्वयं सचेत हुन जरुरी रहेको जनस्वास्थ्यविज्ञहरुको सुझाव रहेको छ ।

Facebook Comments