विश्वभर कोरोना भाइरसबाट १ करोड ९६ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड ९६ लाख ४ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हालसम्म ७ लाख २५ हजार ४३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म १ करोड १४ लाख ८७ हजार ३ सय २ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

अमेरिकामा मात्रै ५० लाख बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा ५० लाख ९९ हजार ७ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा १ लाख ६४ हजार १ सय ७१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा २९ लाख ६७ हजार ६४ संक्रमित भेटिएका छन् भने ९९ हजार ७ सय २ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

दक्षिण एशियाली मुलुक भारतमा संक्रमितको संख्या २१ लाख नाघेको छ । हालसम्म भारतमा २१ लाख १४ हजार १ सय ४० जना संक्रमितमध्ये ४२ हजार ८ सय २१ जनाको मृत्यु भएको छ ।

रसियामा ८ लाख ८२ हजार ३ सय ४३ जना संक्रमितमध्ये १४ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ५ लाख ४५ हजार ४ सय ७६ जना संक्रमितमध्ये ९ हजार ९ सय ९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ४ लाख ६९ हजार ४ सइ ७ जना संक्रमितमध्ये ५१ हजार ३ सय ११ जनाको मृत्यु भएको छ ।

पेरुमा ४ लाख ६३ हजार ८ सय ७५ जना संक्रमितमध्ये २० हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।

चिलीमा ३ लाख ६८ हजार ८ सय २५ जना संक्रमितमध्ये ९ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा ३ लाख ६७ हजार १ सय ९६ जना संक्रमितमध्ये १२ हजार २ सय ५० जनाको मृत्यु भएको छ ।

स्पेनमा ३ लाख ६१ हजार ४ सय ४२ जना संक्रमित भेटिएका छन् भने २८ हजार ५ सय ३ जनाको मृत्यु भएको छ ।

इरानमा ३ लाख २४ हजार ६ सय ९२ जना संक्रमितमध्ये १८ हजार २ सय ६४ जनाको मृत्यु भएको छ ।

बेलायतमा ३ लाख ९ हजार ५ जना संक्रमितमध्ये ४६ हजार ५ सय ११ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

साउदी अरव, पाकिस्तान, बंगलादेश, इटाली, टर्की, अर्जेन्टिना र जर्मनीमा हरेक देशमा २ लाख बढी संक्रमित भेटिएका छन् भने ती सबै मुलुकमा गरी कूल ५६ हजार बढीको मृत्यु भएको छ ।

फ्रान्स, इराक, फिलिपिन्स, इन्डोनेशिया, क्यानडा र कतारमा संक्रमितको संख्या लाख नाघेको छ । क्यानडा र कतारमा भने रोग निको हुनेको संख्या अत्याधिक रहेको छ । निकै कम संख्यामा भाइरसको सक्रिय संक्रमणको अवस्था रहेको छ ।

पछिल्लो दक्षिण एशिया र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

Facebook Comments