भरतपुरमा गरिएकाे परीक्षणमा ८ जनामा संक्रमण पुष्टी

चितवनको भरतपुर अस्पतालमा गरिएको कोरोना भाइरस(कोभिड-१९)को परीक्षणमा ८ जनामा पोजेटिभ भेटिएको छ ।

६९ जनाको स्वाब टेष्ट हुँदा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

संक्रमण पुष्टी भएकामध्ये ६ जना चितवनका, सुर्खेत र नवलपरासीका १/१ जना रहेका छन् ।

चितवनका संक्रमितमध्ये ६ बर्षीय बालक, ३ जना पुरुषमध्ये प्रहरी तथा थुनुवा, १ जना चितवन मेडिकल कलेजमा उपचाररत १ जना पुरुष र १ जना महिला भरतपुर अस्पतालमा उपचाररत पुरुष रहेका छन् ।

यसअघि भरतपुर १, पुतलीबजारका एकै परिवारका ५ जनामा कोरोना भाइरसको संक्रमण फेला परेपछि उक्त स्थानमा आवत जावतमा रोक लगाइएको छ ।

Facebook Comments