४६ औं भू –संरक्षण दिवसको अवसरमा मैदी तालपरिसरमा वृक्षारोपण


गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जनताकै सहभागितामा विकास र सम्मृद्धी हासिल गरिने बताउनु भएको छ । ४६ औं भू –संरक्षण दिवसको अवसरमा मैदी तालमा शनिबार आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले यस्तो बताउनु भएको हो ।
मन्त्री लम्सालले भू –संरक्षणका लागी नयाँ अभियानकै रुपमा गण्डकी प्रदेश सरकार अगाडी वढ्दै गरेको वताउँदै अघिल्लो वर्ष कानुन बनाउन समय लागेकाले सोचेअनुरुप काम हुन नसकेको र पोखरामा रहेका तालहरुको विकासका लागी प्राविधिक सहयोग ताल प्राधिकरणले गर्ने र वजेट दिएर काम गर्ने जिम्मा स्थानीयस्तरमै दिईने बताउनु भयो ।जल, जमिन, जंगल, जिवजन्तुको संरक्षण गर्न नसकेसम्म मानवजाती टिक्न नसक्ने भन्दै यसको लागि भू संरक्षण गर्नु जरुरी रहेको र ताल पोखरी कुण्ड कुवाको संरक्षण नगरेसम्म सम्मृद्धि हासील गर्न नसकीने मन्त्री लम्सालले वताउनु भयो । उहाँले पर्यटकको आर्कषणको सम्भावनालाई मध्यनजर गर्दै तालहरुको वहुउपयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दिपक कोईराला(रुपक)ले अहिले वर्षातमा भएको क्षतिलाई मध्यनजर गर्दा भू –संरक्षणको आवश्यकता महसुस हुने वताउँदै सहि तरीकाले भूउपयोग वा सदुपयोग गर्ने दिशातर्फ सबै अगाडी वढ्नुपर्ने जनाउनु भयो ।ताल संरक्षण एवं विकासका लागि मैदी तालक्षेत्र संरक्षण तथा विकास समाजले गरेका कार्यको प्रशंसा गर्दै समुदायमा आधारित भएर स्थानीय सम्पदाको संरक्षण गर्न सकिन्छ भन्ने यो गतिलो उदाहरण भएको उहाँको भनाई थियोसाँसद कोईरालाले तिनै तहको सरकारको भुमिकालाई एकिकृत गरेर विकास निर्माणका आयोजनाहरु अगाडि वढाउन सकिने वताउँदै यस अवधारणलाई ध्यानमा राखेर ताल विकास प्राधिकरण गठन गरिएको र आगामी दिनमा तालहरुको समग्र विकासमा प्राधिकरणले उल्लेख्य भुमिका निर्वाह गर्ने बताउनु भयो ।


कार्यक्रममा गण्डकी उद्योष् पर्यटन बनतथा वातावरण मन्त्रालयका सचिव दिपक खराल, वन निर्देशक केदारनाथ पौडेल, ताल प्राधिकरणका निर्देशक डा. अनुप गुरुङ, वृहत जलाधार व्यवस्थापन केन्द्र दमौलीका प्रमुख राम सिं थापा, भू  तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेल, समाजका सल्लाहकार ऋषिराम त्रिपाठी लगायतले तालको संरक्षण गर्दै पर्यटन एवंं आर्थिक गतिविधिको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको थियो ।समाजका अध्यक्ष भरतराज न्यौपाने ।उपाध्यक्ष रामकृष्ण त्रिपाठी सचिव भरत प्रसाद तिवारीलगायतले पनि आ आफ्नो भनाई राख्नु भएको थियो ।

Facebook Comments