‘छम्छम् काँचको चुरा‘‘ गितको विमोचन


पोखरालाई आफ्नो कर्म र जन्म थलोको रुपमा उदाउदै गरेकी गायीका सावित्री गिरीको ‘‘छम्छम् काँचको चुरा‘‘ तीज गितको शनिवार बरिष्ठ लोक गायीका हरिदेवी काइरालाले एक समारोहका विच विमोचन गर्नुभयो
विमोचन कार्यक्रमकी प्रमुख अतिथि कोइरालाले आमा समुहको सकृयतामा सांस्कृति संरक्षण गरेकेमा प्रशंसा गर्दे तीज गित भनेको परिवार, समाज र देशमा भएका वास्तविक घटनालाई समेटेर कुन चेलीले, वर्ष भरीमा के कस्ता दुःख, सुख भोगेकी छिन् ति घटनाहरुलाई समेटेर बनाइने गित नै तीज गित भएको बताउनु भयो ।
उहाँले कला साहित्य र अमुल्य निधि सम्पतिको संरक्षण गर्न, सामाजिक, ऐतिहासिक, धार्मिक र सस्कृति जोडिएको गितले पक्कै पनि आफ्नो संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न सफल हुने बताउदै तिजको नाममा गितार लिएर पुरुष नाच्ने गाउने गाईजात्रे पाराले तीजको महत्व घटाएको वताउदै त्यस्ता तीज गितको नाममा भएका विकृती विसंगती हटाउनु पर्ने धाराणा राख्नु भयो ।


दर्जनौ गितको रचना र गाएकी गायीका सावित्री गिरीले विश्वमा नै कोरोना संक्रमण भएको अवस्थाका वावजुद आफुले तिजको कोसेली ‘‘छम्छम् काँचको चुरा, चुलठी धागोले जेलेको सम्झना माया र माइतीको झझल्को सै साथी खेलेको ‘‘ भाकामा गित वनाएर बजारमा ल्याएको वताउदै छिट्नै तिजको भाकाको कोरोना भाइरसको अर्को गित पनि बजारमा आउन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नं. ३२ का वडा सदस्य विष्णुप्रसाद तिवारी, गितका निर्देशक पुरकार श्रेष्ठ लगायतले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
आदर्श आमा समुहकी अध्यक्ष पद्मा गिरीको सभापतित्वमा भएको सो कार्यक्रममा समुहकी उपाध्यक्ष मिना गिरीले धन्यवाद ज्ञापन सहित समुहकी सचिव राधा घिमिरेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
राजाको चौतारा आमा समुहको आयोजना, महेन्द्र गिरीको निर्माण र सावित्रि गिरीको प्रस्तुती रहेको ‘‘छमछम काँचको चुरा चुलठी‘ मा शब्द लय तथा मिडियामा कविराज खनाल ,प्रदिपकुमार नापितको छायाँङ्कन ,नृत्य निर्देशनमा प्रिती गुरुङ्ग र अभिनयमा प्रार्थना श्रेष्ठ रहेका छन् भने पुकार श्रेष्ठको निर्देशनमा सरगम सांकृतिक कला केन्द्रका कलाकारको साथ रहेको छ ।

Facebook Comments