नेपालमा २३ हजार ९ सय ४८ जनामा काेराेना भाइरसकाे संक्रमण

नेपालमा मंगलबारसम्म २३ हजार ९ सय ४८ जनामा काेराेना भाइरस(काेभिड १९)काे संक्रमण पुष्टी भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमका अनुसार १ सय ७१ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अनुसार हाल देशभर सात हजार दुई सय एकजना सक्रिय संक्रमित रहेका गाैतमले जानकारी दिनुभयाे ।

हालसम्म ८३ जनाको मृत्यु

कोरोना भाइरसकाे संक्रमणका कारण ८३ जनाकाे मृत्यु भएकाे छ । मंगलबार मात्रै थप चारजनाको निधन भएसँगै कूल मृतकको संख्या ८३ पुगेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार तीन पुरुष र एक महिलाको निधन भएको हो । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– १ घर भई किष्ट मेडिकल कलेज ललितपुरमा उपचाररत ५० वर्षीया महिलाको मंगलबार निधन भएको हो ।

त्यसैगरी धनुषा जिल्ला विदेह नगरपालिका– ८ का ६० वर्षीय पुरुषको सोमबार प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो ।

धनुषाकै मिथिलाबिहारी नगरपालिका– ५ का ५० वर्षीय पुरुषको आइतबार निधन भएपनि मंगलबार संक्रमण पुष्टी भएकाे हाे ।

सिन्धुपाल्लोक जिल्लाको बाह्रबिसे नगरपालिका– ४ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको छ । उनको २२ साउनमै त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियाे ।

Facebook Comments