काेराेना संक्रमण बढेसँगै सरकारद्वारा नयाँ नियम लागू

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा राेकथामकाे प्रयास स्वरूप सरकारले केही नयाँ नियम लागू गरेकाे छ ।

सरकारले यसअघिकाे जस्ताे देशव्यापी लकडाउन (बन्दाबन्दी) नगर्ने तर केही नयाँ नियम लागू गर्ने निणर्य गरेकाे हाे । सरकारले केही प्रतिबन्धसहित नयाँ नियम लागू गरेको छ ।

नयाँ नियम अनुसार सक्रिय संक्रमित २०० भन्दा बढी भएका जिल्लाबाट अन्यत्र जान रोक लगाउने, भदौ १ बाट खुला गर्ने भनिएको लामो दुरीका निजी तथा सार्वजनिक यातायात तथा आन्तरिक र बाहृय हवाई सेवा थप १५ दिन नखोल्ने निर्णय भएको गरेकाे सरकारका अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिनुभयाे ।

अत्यावश्यक परेमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र वा स्थानीय प्रशासनको अनुमति लिएर मातत्र हिडडूल गर्न सकिनेछ ।

त्यस्तै काठमाडौं उपत्यका र २०० भन्दा बढी संक्रि संक्रमित भएको जिल्लामा आधा कर्मचारी मात्र कार्यालयमा बोलाउन र आधालाई घरबाटै काम गर्न लगाइने भएकाे छ ।

निर्णयअनुसार सरकारी तथा गैरसकारी निकाय, बैंक तथा वीत्त संस्था र जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने कार्यालय र संघसंस्थाले विद्युतीय माध्यमबाट सेवा दिनुपर्नेछ ।

मन्त्रिपरिषद्को बैठकले नेपालीहरुलाई भारतबाट आउनका लागि झापाको काँकडभिट्टा, मोरङको रानी, सिराहाका माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुका कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफान्टा र कञ्चनपुरको गड्डाचौकी नाका गरी १० स्थानबाट मात्र नेपालीहरु नेपाल आउन सक्छन् । यसरी आएकाहरुलाइै प्रवेश विन्दु रहेकै जिल्लामा क्वारेन्टिनमा राख्ने सरकारकाे तयारी छ ।

विदेशी नागरिक भने भदाै ३१ गतेसम्म स्थलमार्गबाट नेपाल प्रवेश गर्न पाउनेछैनन ।

यसैगरी सरकारले फुटपाथ, ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार तथा कवाडी संकलनमा रोक लगाएको छ भने बिद्यालय नखाेल्ने, धार्मिक तथा सामाजिक रूपमा कुनै पनि भेला हरू नगर्ने चाडपर्व घरभित्रमात्र मनाउन, अत्यावश्यक बाहेक कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, भेलाजस्ता सामूहिक जमघट नगर्न भनेको छ ।

अवदेखि हाेटल र रेष्टुरेन्टमा तयारी खाना खाजा किनेर घर लैजान पाइनेछ तर बसेर खान पाइनेछैन भने निजी अस्पतालहरूमा पनि संक्रमितकाे उपचार गराउनका लागि ब्यवस्था मिलाउन भनेकाे छ ।

पछिल्ला दिनहरूमा नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या बढिरहेकाले सरकारले यस्ताे निर्णय गरेकाे हाे ।

Facebook Comments