भरतपुरमा लकडाउन, सार्वजनिक सवारी चलाउन नपाइने

भरतपुर महानगरपालिका क्षेत्रमा काेराेना संक्रमितकाे संख्या बढेसँगै लकडाउन गरिएकाे छ । भरतपुर महानगरपालिका क्षेत्रमा निशेधाज्ञा जारी गरिएकाे हाे । जस अनुसार अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन पाइनेछैन ।

भदाै ५ गते रातकाे १२ बजेसम्मका लागि गरिएकाे लकडाउनकाे अवधिमा अत्यावश्यक सेवा समेत विहान ५ देखि ८ बजेसम्म र बेलुकी पनि ५ देखि ८ बजेसम्म मात्र संचालन गर्न पाइनेछ ।

सरकारले देशैभरि लकडाउन नगर्ने तर स्थानीय सरकारहरूले संक्रमितकाे संख्या र समग्र अवस्था हेरी प्रभावित क्षेत्रलाइ लकडाउन गर्न सक्नेछन् ।

संक्रमितकाे संख्या २ सय नाघेका जिल्लाहरूमा भने सार्वजनिक सवारी साधन संचालन गर्न नपाइने लगायतका नियमहरू सरकारले लागू गरेकाे छ ।

Facebook Comments