पिसिआर रिपोर्ट छिटो सार्वजनिक गर्न माग

उत्तम पन्डित, चितवन

बिदेशबाट आई क्वारेन्टिनमा बसेका नेपालीले कोरोना परिक्षण गर्न ढिलाई गरिएको भन्दै आक्रोस पोखेका छन ।

बिभिन्न देसबाट स्वदेस फिरी चितवनको खैरहनी क्वारेन्टिनमा बसेकाहरूले आक्रोश व्यक्त गरेका हुन ।

खैरहनीमा तोकिएको रादास्वामी सत्सघ व्यास नेपाल क्वारेन्टिनमा बसेका युवाहरुले स्वाब संकलन गरेको १०/ १२ दिन हुँदा समेत रिपोर्ट नआएको भन्दै छिटो सार्वजनिक गर्न मग गरे ।

एक युवाले भने ” रिपोर्ट आउन ढिलो हुँदा २ पटक परिक्षण गर्न वाध्य पारिदै छ,किन ढिलो भयो भन्दा जवाफ पाइएन ” रिपोर्ट नआएकाले संकर्मण छ या छैन भन्ने बिषयले आफुहरुलाई चिन्ता थपेको उनिहरुको गुनासो रहेको छ ।

३५ जना रहेको क्वारेन्टिनमा ६ जना युवा भने कोरोना मुक्त भैइ घर फर्कि सकेका छन । सो स्थानको अलवा नजिकै रहेको स्कुल र दुर्गा मन्दिरमा १७ जना राखिएको छ ।

खैरहनी नगरपालिकाको भिबिन्न वडा बाट रोजगारीकोलागी बिदेस गएका उनिहरु मद्धे १ जनामा कोरोना संकर्मण देखिएकोले उनको भरतपुर आइसुलेसनमा उपचार भैरहेको छ ।

नेपालमा लकाडाउन खुलेसंगै कोरोना संकर्मितको संख्यामा अकल्पनिय ढंगले बढेपछि स्थानिय सरकारले आआफ्नै ढंगले संकर्मितको ब्यवस्थापन् ,संकर्मण नियन्त्रण लगायत काम गर्दै आएका छन ।

क्वारेन्टिनको ब्यवस्थापनको प्रशंसा यसैबिच खैरहनीमा तोकिएको रादास्वामी सत्सघ व्यास नेपाल क्षेत्रिय कार्यालय मतहत रहेको क्वारेन्टिनमा बसेका युवाहरुले क्वारेन्टिनको ब्यस्थापकिय पक्षको खुलेर प्रशंसा गरेका छन ।

उनिहरुले रादास्वामीले आफूहरुलाई गरेको सहयोग धेरै राम्रो भ्एको बताएका हुन ।

शुद्ध खाना ,सरसफाइ तथा सहायोगिहरुको सेवा भाव देखेर कोरोनाको त्रासलाई केहि हद सम्म भए पनि भुलाउन मद्धत पुगेको उनिहरुको भनाइ छ ।

ब्यवस्थापनको जिम्मा पाएको रादास्वामी सत्संघ व्यास नेपाल क्षेत्रिय कार्यालयका प्रमुख एव क्षेत्रिय सचिव हरिहर पौडेलले भने आफुहरुले सेवाको भावनाले काम गरेको र सो कार्यमा स्थानिय जनसमुदायले पनि सहयोग गरेको जानकारी दिनुभयो ।

नगरपालिकाले २ महिनाको लागि गरेको अनुरोधमा क्वारेन्टिनको ब्यवस्थापनको काम गरेको र जन गुनासो र नकरात्त्मक टिप्पणी आउन नदिनेमा कतिबद्ध रहेको पौडेलको भनाइ छ ।

सत्संघ व्यासले एक परिवार साहित २९ जनालाई आफ्नै खर्चमा बिहानदेखी बेलुका सम्म शाहाकारी खाना, नास्ता,ब्यायम लगायतको बन्दोबस्ती गर्दै आएको छ ।

यस अघि पुर्बी चितवनका बिभिन्न स्कुलमा तोकिएको क्वारेन्टिनमा लापर्वाही र कम्जोर ब्यवस्थापन रहेको जनगुनासो आएको थियो ।

पछिल्लो सरकारी निर्णय पछि नगर भित्रका विद्यालयमा बनाइएको क्वारेन्टाइन खाली गरेर राधास्वामी ब्यासको भवनमा क्वारेन्टिन बनाइएको हो ।

Facebook Comments