पाेखरामा पनि निशेधाज्ञाकाे तयारी

काेराेना भाइरस(Covid 19)काे संक्रमण बढेसँगै स्थानीय तहहरूले निशेधाज्ञा जारी गर्ने क्रम पनि बढेकाे छ ।

संक्रमण बढिरहेका स्थानीय तहहरूमा बन्दाबन्दी घाेषणा गरिएकाे छ । पाेखरा महानगरपालिकामा पनि सर्वदलीय बैठकले निशेधाज्ञा लगाउन सुझाव दिएकाे छ ।

बैठकमा कोरोना (Covid 19) को अवस्था, यसको रोकथाम, उपचार र ब्यवस्थापनका बारेमा छलफल भएकाे नेकपाका नेता बखानसिं तमुले जानकारी दिनुभयाे ।

हाल कोरोनाको सङ्क्रमणको अवस्था, तत्काल आउदै गरेका चाडहरुमा हुन सक्ने भिडभाडलाई मध्यनजर गरि कम्तीमा १ हप्ता र आवश्यकता अनुसार सो भन्दा बढी समय भए पनि सम्बन्धित सबै निकाय सङ्ग समन्वय गरि प्रभावकारी बन्दाबन्दी वा निशेधाज्ञा लगाउन सुझाव दिइएकाे उहाँकाे भनाइ छ ।

पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले साेमबार पाेखरा महानगर काेराेना राेकथाम,नियन्त्रण मुल समितिकाे बैठक बसेर निशेधाज्ञा सम्बन्धि निर्णय लिने बताउनुभयाे ।

काेराेना भाइरसकाे संक्रमणबाट जाेगिन भिडभाडमा नजाने, मास्क प्रयाेग गर्नुपर्ने लगायतका सुझाव विज्ञहरूकाे छ ।

पाेखरामा अत्यावश्यक सामान किनमेलका लागि समय ताेकेर निशेधाज्ञा जारी गर्ने तयारी गरिएकाे हाे ।

Facebook Comments