काेराेना भाइरस विरूद्धकाे युद्धमा सहकार्यका लागि डा.अधिकारीकाे अपिल

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेट मेसु डा. श्रीराम तिवारी, स्त्री राेग विभाग प्रमुख डा. सुनिल पाेखरेल, डा.विश्वबन्धु बगाले लगायतलाइ काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भाेजराज अधिकारीले संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूकाे स्वास्थ्य लाभकाे कामना गर्नुभएकाे छ ।

संक्रमित सबैजना सेल्फ अाइसाेलेसनमा उच्च मनाेबलका साथ रहनुभएकाे पनि उहाँले जानकारी दिनुभएकाे छ ।

संक्रमितहरूकै अनुमतिमा नाम सार्वजनिक गरेकाे जानकारी दिंदै डा.अधिकारीले सेवा लिन जाँदा स्वास्थकर्मी को मनोबल बढाउन, सम्यम र सतर्क भएर रोग विरुद्ध को होसियारी अपनाउन पनि सबैमा अनुरोध समेत गर्नुभएकाे छ ।

संक्रमण बढेसँगै अस्पतालकाे प्रसुती सेवा लगायतका सेवा प्रवाहमा कठिनाइ भएकाे उल्लेख गर्दै सम्भव भएसम्मकाे व्यवस्थापन गरिएकाे जानकारी दिनुभयाे ।

उहाँले मेडिकल कलेजहरू र अन्य अस्पतालहरूसमेतलाइ सहकार्यका लागि अपिल गर्नुभएकाे छ ।

भरतपुरमा ७५ वटा भेन्टीलेटर, १५० आइसियू, ३ सय आइसाेलेसन वार्ड अत्यावश्यक देखिएकाे भन्दै उहाँले सहकार्यका लागि अपिल गर्नुभएकाे छ ।

काेराेना भाइरस विरुद्धको लडाइको मोर्चा को सिपाहीको नाताले हरेक असहजता मा आफू अग्रपंक्तिमै रहेर युद्ध बिराम नहुन्जेल विश्राम नलिने प्रतिबद्धता समेत अस्पतालका अध्यक्ष डा.अधिकारले ब्यक्त गर्नुभएकाे छ ।

Facebook Comments