थप ६ सय ४१ जनामा काेराेना संक्रमण

नेपालमा थप ६ सय ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । उनीहरुमध्ये १०४ जनाको मृत्यु भएको छ भने १७ हजार ३३५ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा काठमाडौैं जिल्लामा १ सय २६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै मोरङमा १ सय जना संक्रमित थपिएका छन् । बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११/११ जना, बाँकेका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाेत्तमले जानकारी दिनुभयाे ।

नवलपरासी र महोत्तरीका ८/८ जना, कञ्चनपुर र तनहुँका ५/५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३/३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २/२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एकएक जना संक्रमित भएका छन् ।

यस भाइरसकाे संक्रमणका कारण १ सय ४ जनाकाे मृत्यु भएकाे छ । हाल ९ हजार २ सय २१ जनामा भाइरस संक्रिय अवस्थामा रहेकाे र कूल संक्रमितमध्ये १७ हजार ३ सय ३५ जनालाइ निकाे भएकाे छ ।

Facebook Comments