कोरोना संक्रमित थप ६ जनाको निधन

नेपालमा कोरोना भाइरसकाे संक्रमणका कारणा थप ६ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र २ पुरुषको बुधबार निधन भएको हो ।

मृत्यु हुनेमा काठमाडौं र बर्दियामा एक–एक पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक–एक महिला रहेका छन ।

हालसम्म कोरोना भाइरसकाे संक्रमण भएर मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । 

नेपालमा हालसम्म १७ हजार ७ सय जना काेराेना भाइरसकाे संक्रमणपछि निकाे भएका छन् भने ११ हजार १ सय १८ जनाकाे उपचार भइरहेकाे छ ।

Facebook Comments