दक्षिण काेरियामा धार्मिक समूहका सदस्यमाथि भएकाे दमन राेक्न माग

दक्षिण काेरियामा धार्मिक समूहका सदस्यहरूकाे मानव अधिकार हनन भएकाे भन्दै मानवअधिकारवादी संस्था अधिकारी, गैरसरकारी संस्था र धार्मिक समुदाय लगायत ३ सय ८७  अन्तर्राष्ट्रिय संस्थाका अगुवाहरूले त्यस्ताे कार्य राेक्न माग गरेका छन् ।

दक्षिण कोरियामा काेराेना भाइरस(कोभिड-१९) काे संक्रमणसँग जाेडेर छेन्दुमा रहेकाे सिन्छन्जी चर्च अफ जीसस नाम गरेको अल्पसंख्यक धार्मिक समूहमा दमन भएकाे भन्दै रोक्नका लागि अन्तर्राष्ट्रय संस्थाका अगुवाहरूले आग्रह गरिरहेका छन।

काेभिड -१९काे प्रकोप पछि त्यहाँकाे जिल्ला अदालतले जानीजानी भाइरसकाे संक्रमण फैलाएको शंकाको बिरूद्ध अनुसन्धान गरिरहेको छ । साे अनुसन्धानमा सिन्छन्जी चर्चका अध्यक्ष म्यान-हि लि सहित ६ चर्चका अधिकारीहरू पक्राउ परेका थिए।  सियोलमा हेभन्ली कल्चर अफ वर्ल्ड पिस रेष्ट्राेरेसन अफ लाइटले सञ्चालन गर्ने कार्यक्रमकाे अनुमति रद्द गरिएकाे छ ।

जसकाे संस्थापक म्यान हि लि रहनुभएकाे छ । उक्त संस्था र सिन्छन्जी चर्चका सदस्यहरूकाे विरूद्धमा मानवअधिकार हननका घटना भएकाे भन्दै अन्तर्राष्ट्रिय संस्थाका तर्फबाट ध्यानाकर्षण भएकाे जनाइएकाे छ ।

यसैवीच आजको दिनसम्म सिन्छन्जी थेगु चर्चका ५ सय १२ सदस्यहरूले कोभिड-१९ को नयाँ उपचारको विकासको लागि उनीहरूको रक्त प्लाज्मा दान गरिसकेका छन्।

रोग नियन्त्रण तथा रोकथामका लागि कोरिया केन्द्रहरूले सिन्छन्जी थेगु चर्चका सदस्यहरूद्वारा दान गरिएको प्लाज्माको साथ कोरोना सम्बन्धित औषधी उत्पादन गर्ने योजनामा छन् र यस सेप्टेम्बरदेखि नै क्लिनिकल टेस्टहरू सञ्चालन गर्ने बताएका छन्।

चर्च अधिकारीले भने‌ अनुरुप “कोभिड-१९ बाट पूर्ण निको भएका सदस्यहरूले सरकारले प्रदान गरेको उपचारको लागि धन्यवादको रूपमा आफ्नो रक्त प्लाज्मा दान गरेको हो। हामी खोपको विकासलाई समर्थन गर्न चाहन्छौं। 

Facebook Comments