विप्लव नेतृत्वकाे नेकपाकी नेतृ उमा भुजेल पुनः पक्राउ

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेललाई प्रहरीले पुनः पक्राउ गरेकाे छ ।

नेतृ भुजेलसहित अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले भुजेल पक्राउ परेकाे पुष्टी गर्नुभयाे ।

उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको बुझिएकाे छ । भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ । पटक पटक अदालतले छाडनका लागि भने पनि प्रहरीले भने पक्राउ गर्दै थुनामा राख्ने गरेकाे छ ।

यसअघि सांसद समेत रहनुभएकी नेतृ भुजेल र जिल्ला नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार मात्रै साधारण तारखेमा रिहा गरेको थियो ।

Facebook Comments