बार्यन म्युनिख बन्यो युरोपियन च्याम्पियन


फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई स्तब्ध पार्दे जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन बनेको छ ।च्याम्पियन्स लिग फुटबलको लिस्बोनमा आइतबार राति भएको फाइनलमा पिएसजीलाई १–० गोलले पराजित गरेर बार्यन म्युनिखले उपाधि उचालेको हो ।खेलको ५९ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गरेको गोल नै निर्णायक गोल बन्यो।
पिएसजीबाट व्यवसायिक खेल जीवनको सुरुवात गरी हाल जर्मन क्लबमा रहेका कोम्यानले उपाधि जित्ने आफ्नो पूर्व क्लबको सपना चकनाचुर पार्दे बार्यन म्युनिखलाई विजेता बनाए ।

गएको नोभेम्बरमा सुरुमा अन्तरिम प्रशिक्षकका रुपमा जिम्मेवारीमा आएका बार्यनका प्रशिक्षक हान्सी फ्लीकका लागि आइतबारको रात उत्वस बन्यो भने पिएसजी र दुई सुपरस्टार नेइमार तथा केलियन एमबाप्पेका लागि खराब रह्यो ।पिएसजीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि बार्यनका गोलरक्षक म्यानुएल नुएरले त्यसलाई रोकेका थिए ।

Facebook Comments