कार्यदलका सुझावः प्रचण्ड कार्यकारी अध्यक्ष, ओली ५ बर्ष नै प्रधानमन्त्री

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे पार्टीभित्र देखिएकाे विवाद मिलाउन गठित कार्यदलले प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)ल समक्ष बुझाइसकेकाे छ ।

प्रतिवेदनमा मुलतः प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पुरै अवधि रहने र पार्टी सञ्चालन प्रचण्डले गर्ने उल्लेख गरिएकाे छ ।

पार्टीमा एक व्यक्ति एक पदकाे नारा उठेपनि सेराेमाेनियल भूमिकामै भएपनि केपी शर्मा ओली अध्यक्ष रहने र प्रचण्डले कार्यकारी रूपमा अध्यक्ष चलाउने भनिएकाे छ ।

पार्टी प्रचण्डले र सरकार ओलीले चलाउने प्रतिवेदनकाे सार रहेपनि पार्टी र सरकार सञ्चालनका लागि दुइ अध्यक्षले परामर्श गर्ने उल्लेख गरिएकाे छ । जुन यसअघि नै मंसिर ४ मा भएकाे बैठककाे निर्णयसँग मिल्दाे जुल्दाे छ ।

त्यतिबेला पनि प्रचण्डले पार्टी र सरकार ओलीले चलाउने निर्णय भएकाे थियाे । तर यसपटक प्रधानमन्त्रीले एक पद छाड्नुपर्ने माग माधवकुमार नेपाल सहितका नेताहरूकाे रहेकाे थियाे ।

प्रतिवेदनकाे पूर्ण पाठ

Facebook Comments