नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो

नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । जसमध्ये १३ हजार ७ सय १५ जनामा कोरोना भाइरस सक्रिया अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म १ सय ५७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

नेपालमा पछिल्लो समय संक्रमण समुदायमा फैलन थालेको शंका गरिएको छ भने स्थानीय रुपमा जिल्ला प्रशासन कार्यलयले संक्रमणको अवस्था हेरेर निशेधाज्ञा जारी गरेका छन् ।

चीनको वुहानमा अघिल्लो बर्षको डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।

नेपालमा उपचारका लागि समेत राम्रो व्यवस्थापन नभएकाले सर्वसाधरण स्वयं सचेत हुन अत्यावश्यक देखिएको छ ।

पर्याप्त समय हुँदा पनि सरकारले संक्रमितको उपचारका लागि व्यवस्थापन गर्न चुकिरहेको छ ।

Facebook Comments