काेराेना संक्रमितकाे संख्या ३४ हजार ४ सय १८ पुग्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या ३४ हजार ४ सय १८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २ सय ९९ महिला र ५ सय ५६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाण्डाै उपत्यकामा मात्रै ३ सय १ जनामा संक्रमण पुष्टी भएकाे छ । जसमध्ये २३० जना काठमाडौंका छन् भने ललितपुरका ४७ र भक्तपुरका २४ जना छन् ।

नेपालमा हालसम्म १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ हजार ७३९ आइसोलेसनमा छन् ।

यस्तै सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०/२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८/१८ जना, झापा र दाङका १६/१६ जना, मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७/७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४/४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २/२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

थप ११ जनाकाे मृत्यु

नेपालमा बुधबार थप ११ जना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा नौ पुरुष र दुई महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

महोत्तरी जिल्लाका ६०, ७२ र ७५ वर्षीय पुरुषको निधन भएको हाे । त्यसैगरी कैलालीका दुईजना ४५ र ५० वर्षीय पुरुषको निधन भएको छ । बाराका ४१ र ४६ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय पुरुषको निधन भएको हो ।

त्यसैगरी भक्तपुरकी ५३ वर्षीया महिला र मोरङकी ३७ वर्षीया महिलाको पनि निधन भएको हाे । योसमेत नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक सय ७५ पुगेको छ । 

Facebook Comments