विश्वभर कोरोना भाइरसबाट २ करोड ४६ लाख ८० हजार बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ४६ लाख ८० हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ४६ लाख ८० हजार ९ सय ८८ जनामा संक्रमण पुष्टी भएको छ ।

हालसम्म ८ लाख ३६ हजार ७ सय ४४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै १ करोड ७१ लाख ३८ हजार ८ सय ६७ जना कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

हाल विश्वभर ६७ लाख ५ हजार ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै अमेरिकामा भेटिएका छन् । कूल संक्रमितको एक चौथाई बढी अर्थात् ६० लाख ५१ हजार ४ सय ३१ जना संक्रमित अमेरिकामा भेटिएका छन् ।

यस भाइरसको संक्रमणबाट अमेरिकामा १ लाख ८४ हजार ९ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा ३७ लाख ६४ हजार ४ सय ९३ संक्रमित भेटिएका छन् भने १ लाख १८ हजार ७ सय २६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट तेस्रो बढी असर परेको मुलुक भारत हो । भारतमा संक्रमितको संख्या ३४ लाख ३ हजार ५ सय ५५ जनामा संक्रमण पुष्टी भएको छ भने हालसम्म ६१ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ ।

रसियामा ९ लाख ८० हजार ४ सय ५ जना संक्रमितमध्ये १६ हजार ९ सय १४ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख १८ हजार २ सय ८६ जना संक्रमितमध्ये १३ हजार ६ सय २८ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख २१ सय ९ सय ९७ जनामा संक्रमण पुष्टी भएकोमा २८ हजार २ सय ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

मेक्सिकोमा ५ लाख ७९ हजार ९ सय १४ जना संक्रमितमध्ये ६२ हजार ५ सय ९४ जनाको मृत्यु भएका छ ।

कोलम्बियामा ५ लाख ८२ हजार २२ जना संक्रमितमध्ये १८ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ ।

स्पेनमा ४ लाख ५१ हजार ७ सय ९२, चिलीमा ४ लाख ४ हजार १ सय २, इरानमा ३ लाख ६९ हजार ९ सय ११, अर्जेन्टिनामा ३ लाख ८० हजार २ सय ९२, बेलायतमा ३ लाख ३० हजार ३ सय ६८ जना, साउदी अरवमा ३ लाख १२ हजार ९ सय २४ र बंगलादेशमा ३ लाख ६ हजार ७ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

पाकिस्तान, टर्की, इटाली, फ्रान्स, जर्मनी, इराक र फिलिपिन्स गरी हरेक मुलुकमा संक्रमितको संख्या २ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

Facebook Comments