नेपालमा ३६ हजार ४ सय बढीमा काेराेना भाइरसकाे संक्रमण

नेपालमा हालसम्म ३६ हजार ४ सय बढीमा काेराेना भाइरस(काेभिड १९)काे संक्रमण पुष्टी भएकाे छ । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा देशभर थप नौ सय २७ जनामा कोरोना संक्रमण पुष्टिसँगै कूल संक्रमितकाे संख्या ३६ हजार ४ सय ५६ पुगेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा पछिल्लाे २४ घण्टाकाे अवधिमा १० हजार दुई सय २९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियाे ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार १ सय ६९ जना संक्रमणमुक्त भएकाे जानकारी दिनुभयाे । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।

हाला सक्रिय संक्रमित भने १६ हजार १९ जना रहेका छन् । 

Facebook Comments