आइतबार १ हजार २ सय २१ जना संक्रमित थपिए

नेपालमा काेराेना संक्रमितकाे संख्या दिन प्रतिदिन बढिरहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार मात्रै देशभर कोरोनाका १ हजार २ सय २१  संक्रमित थपिएका छन्। एकैदिन संक्रमण पुष्टी भएकाे यो अहिलेसम्मकै उच्च संख्या हो।

१२ हजार ७ सय १७ जनाकाे स्वाब परिक्षण गरिएकाेमा उक्त संख्यामा पाेजेटिभ देखिएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिर्संका संक्रमित सहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१  पुगेको जानकारी दिनुभयाे।

कूल संक्रमित मध्ये हालसम्म २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा हालसम्म २ सय २१ जनाकाे काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु भइसकेकाे छ ।

Facebook Comments