एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

एटिएमबाट पैसा निकाल्दा लाग्ने शुल्क हटेकाे छ । यसअघि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क हटाइएकाे छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

यसअघि राष्ट्र बैंकले कोरोनाको संक्रमण अवधिभरका लागि यस्तो सेवा निःशुल्क गर्नुपर्ने नीति लिएको थियो ।

यो व्यवस्थापछि नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड प्रयोग गरेर स्वदेशभित्रकोे कुनैपनि एटीएम मेसिनबाट पैसा निकाल्दा थप शुल्क तिर्नु पर्दैन ।

राष्ट्रबैंकले जारी गरेकाे निर्देशनमा, त्यसरी जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै त्यसको सूचना सम्बन्धित बैंक तथा वित्तीय संस्थाले एसएमएसमार्फत् प्रयोगकर्तालाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

अबदेखि एटिएम प्रयाेगकर्ताले पायक पर्ने स्थानमा रहेकाे एटिएमबाट जुनसुकै बैंककाे कार्ड प्रयाेग गरी निःशुल्क रकम निकाल्न सक्नेछन् ।

Facebook Comments